प्रहरी हिरासतमै आत्महत्या

गौरीगँज २३ पुस । ईलाका प्रहरी कार्यालय गौरीगँजको हिरासतमै एक जना बन्दिले आत्महत्या गरेका छन् । गत पुस ३ गते गाउलेले श्रीमती हत्याको आरोपमा समातेर प्रहरीको जिम्मा लगाएका ठेकिटोल सुदामभिट्टाका हरिनारायण यादवले हिरासतको शौचालयको भेन्डिलेशनमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

घटना विहान ४ देखि ५ को बीचमा भएको हुन सक्ने कुरा अर्का बन्दि देवकुमार पासवानको छ । विहान ८ बजे आफु शौचालय जादा मृतक भेन्डीलेशनमा झुण्डी रहेको अबस्था देखेको कुरा अर्का बन्दी समिर श्रेष्ठले बताए । उनका अनुसार यादवले बिहान २ बजे तिर अनौठो ब्यवहार देखाईरहेका थिए । "२ बजे तिर दात किटीरहेको थियो" उनले भने- मैले यो कुरा ड्युटीमा भएको पुलिसलाई पनि बताए । त्यसपछी हामी निदाएपछी यो घटना भएको हो ।"

ईप्रका गौरीगँजका सई राजु निरौला का अनुसारपनि घटना बिहानको समयमा भएको हुन सक्ने बताएका छन् । "हामीले घटना ८ बजे मात्र थाहा पायौ । बन्दी समिर श्रेष्ठले शौचालय जादा देखेपछी हामीले थाहा पायौ" मृतकका छोरी राधा यादबका अनुसार हिजो सम्म बुवाको अबस्था सामान्य रहेको बताएकी छन् । "हिजो मेरो श्रीमान खाना पुर्याउन आउदा उहा खुशी नै हुनुहुन्थ्यो । आफु सोमबार छुट्ने कुरा पनि बताउनु भएको थियो "

भोलि सोमबार यादबलाई गाउलेको उपस्थितीमा सरजमिन गराई हिरासत मुक्त गर्ने तयारी रहेको कुरा सई निरौलाले बताएका छन् । तर मुक्त हुनु एक दिन अगाडीनै यादबले आत्महत्या गरेका हुन् । गत बर्ष को कार्तिक ८ गते मृतककी श्रीमती फुलोदेवी यादब घरमै झुण्डिएको अबस्थामा फेला परेकी थिईन् । श्रीमतीको मृत्यु आत्महत्या होईन , श्रीमानले नै हत्या गरेको झुन्ड्याएको हो भनि गाउलेले शँका गरेपछी यिनी फरार रहेका थिए । पछी श्रीमतीको पोष्टमार्टममा फुलोदेबीको मृत्यु हत्या नभई आत्महत्या नै रहेको देखाएपछी यिनी कानुनी रुपमा निर्दोष सीवित भईसकेका थिए ।

गत पुस ३ गते यिनी घर आएको थाहापाए पछी गाउलेले समातेर प्रहरी प्रहरीको जिम्मा लगाएका थिए । श्रीमतीको हत्यारा यहि हो भन्दै नारा जुलुसका साथ गाउलेले यिनलाई ईलाका प्रहरी कार्यालय पुर्याएका थिए । गाउलेले प्रहरीको जिम्मा लाएपछी त्यसै दिन ईप्रकाका ईन्सपेक्टर नारायण गौतमले एक पटक एउटै घटनामा निर्दोष सावित भईसकेको लाई पुन: कार्वाही गर्न नमिल्ने बताएका थिए । मृतक फुलोदेवीको माईती पक्षले घटनाको पुनराबलोकन गरिपाउ भनि जाहेरी गरेमा कार्वाही गर्न सकिने सुझाब गौतमले दिएका थिए । तर माईती पक्षको कोहि उपस्थीत नभएपछी गाउलेको रोहबरमा स्थानीय यादब रिजालले उनि बिरुद्ध जाहेरी दर्ता गराएका थिए । मृतक का छोरी राधादेवी यादवका अनुसार समाजले मानसिक तनाब सिर्जना गरेपछी बुवाले यो बाटो रोजेको हो । मृतकको पोष्टमार्टम रिपोर्ट आएपछी मात्र थप कुरा बताउन मिल्ने सई निरौलाले बताएका छन् ।>

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |