गौरीगँजका सामाजिक परिचालक पनि विचल्लीमा

गौरीगँज पुस २३ । सँक्रमण कालिन अवस्था देखि तत्कालिन गाविसहरुमा सेवा दिदै अएका सामाजिक परिचालकहरु लाइ स्थानीय तहको नयाँ समरचनामा अन्य कर्मचारी सरह समायोजन नगरिदा देशभरका सामिजक परिचालकहरु अहिले आन्दोलित भएका छन् । सामाजिक परिचालकहरुका लागि केन्द्रिय र स्थानीय स्तरबाट रोजगारीको सुनिश्चितता नगरिदा गौरीगँज गाउपालिकामा विगत नौ वर्षदेखि कार्यरत चार जना सामाजिक परिचालकहरु विचल्लीमा परेका छन् ।

हाल गौरीगँज वडा नँ १ महाभारामा पुजन न्यौपाने कुँवर वडा नँ २ कोरोवारीमा अस्मिता सुवेदी वडा नँ ३ र ४ मा किशन राइ अनि वडा नँ ५ र ६ मा बबली यादवले सामाजिक परिचालकका रुपमा काम गर्दै आएका थिए । प्रदेश सभाको निर्वाचन पश्चात यिनीहरुको करार अवधि अनुमोदन नगरेपछि यिनीहरु अहिले वेरोजगार भएका छन् ।

“हामी झापामा जम्मा ९२ जना सामाजिक परिचालकहरु छौ । अन्य स्थानीय तहहरुमा सामाजिक परिचालकहरुलाइ मौजुदा तलव सुविधा र तहमै समायोजन गरिसकेको अवस्थामा यस गाउपालिकामा पनि हामी यथास्थानमा काम गर्न पाउनु पर्छ” – वडा नँ १ कि सामाजिक परिचालक पुजन न्यौपानेको भनाइ छ ।

गौरीगँज गापाका कार्यकारी अधिकृत राजेन्द्र पोख्रेलका अनुसार सामाजिक परिचालकहरुलाइ समायोजन गरिदा कि त कार्यालय सहयोगीका रुपमा कि त यथास्थानमा भ्याकेन्सी खुलाएर प्रकृयागत दँगले समायोजन गर्न सकिन्छ । तर सामाजिक परिचालकहरु कार्यालय सहयोगीका रुपमा काम गर्न नसकिने वताएका छन् । किसन राइ भन्छिन् –“हामी सामाजिक परिचालक का रुपमा काम गरेका मान्छे पियन सरह काम गर्न सक्दैनौ । हामीलाइ का स मै समायोजन गरेपनि हामीले पँजिकाधिकारी वा दर्ता सहयोगी भएर काम गर्न पाउनु पर्छ ।

आज मध्यान्ह गापाका चारै जना सामाजिक परिचालकहरुले कार्यकारी अधिकृत राजेन्द्र पोख्रेल गापा प्रमुख बाबुराजा श्रेष्ठ र उपप्रमूख दिपिन्द्र थापालाइ भेटेर आफ्नो समस्या राखेपछी आज गापामा बसेको कार्यपालिकाको वैठकले सामाजिक परिचालकहरुलाइ समायोजन गर्ने निर्णय गरेको छ । वैठक पछी निर्णय सुनाउदै गापा उपप्रमुख दिपिन्द्र थापाले सामाजिक परिचालकहरुलाइ गापाले कार्यालय सहयोगीका रुपमा तत्काललाइ समायोजन गरेर समस्याको समाधान खोज्ने वताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |