सरकार यी जनताले सफा पानी पिउन पाउँछन त ?
सबैले यही पानीको स्रोतमा भर पर्नु परेकोले पालैपालो मिलेर जर्किनमा पानी भर्छन । यहाँका बासिन्दाले यसरी सन्चय गरेको तालको पानी थिग्राएर पिउन र खाना पकाउनको लागि प्रयोग गर्छन अनी लुगा धुन, गाइबस्तुलाई खुवाउन पनि पुग्दैन । मानिसहरु नुहाउन त महिनौं कुर्न पर्ने हुन्छ ।
यहाँका बासिन्दाले कहिले सफा पिउने पानीको उपभोग गर्न पाउने हुन् ? यी बासिन्दा अन्य पानीको स्रोत नहुँदा यही फोहर पानी पिउन बाध्य छन् । सरकार यी जनताले सफा पानी पिउन पाउँछन त ?
तस्वीरः प्रकाशचन्द्र मिश्रको फेसबुकबाट



