गौरिगन्ज- यो लघुचलचित्र घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने २० वर्षीया युवती भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको सेरोफेरोमा घुमेको छ । यो लघुचलचित्र समाचारमा आएको तथ्यलाई र सुनेको आधारमा यो बनाईएको हो । एक निर्दोष चेलिको मर्म र पीडालाई मुर्त रुप दिएर केही काल्पनिक प्रसङहरु समावेस गरेको यो चलचित्र लाई एन.एच.एस. मिडिया र एक्सन फिलिम्सले प्रस्तुत गरेकोछ ।
यस चलचित्रलाई शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन गर्नु भएको । चलचित्रलाई युबराज खत्रीले छायांकन र सम्पादन गर्नुभएको छ । चलचित्रमा शोभा भण्डारी, अशोक सुनार, बिमर्श के सी, पार्वती कुमाल, रमशरण खत्री, उशा बस्नेत र अग्रिम लामाको शसक्त अभिनय रहेको छ ।