धान रोप्ने मेशिनबाट चैते धान रोपाइँ गर्दै
गोलधाप गाविस– ४, ५, ६, ७ र ८ का करिब एक हजार ५०० कृषकले ९०० बिघा खेतमा अहिले लगाउने चैते धान हल्दिनाथका लागि कृषि विकास कार्यालयको अनुदान सहयोगमा रु छ लाखमा सो यन्त्र ल्याइएको हो । सो अवसरमा निर्देशक भण्डारीले नेपालमा परम्परागत खेतीका कारण कृषकले मनग्य आम्दानी लिन नसक्ने भएकाले आधुनिक प्रविधिको आवश्यकता बढ्दै गएको बताउनुभयो । प्रजिअ भुजेलले कृषकले आधुनिक परम्पराबाट खेती गर्न सकेमा कृषिबाट प्रशस्त आम्दानी हुने र यसैबाट राष्ट्र समृद्ध हुनेमा जोड दिनुभयो ।
तस्बिर : मोहमद सदरुल, रासस



