सन्तोष लामा र नम्रता सापकोटाविचको प्रेम विछोडको संघारमा



गायक सन्तोष लामा र नम्रता सापकोटाविचको प्रेम विछोडको संघारमा पुगेको छ । धेरै ठक्कर र हण्डर खाएपछि नम्रतासंग प्रेममा परेका सन्तोष फेरि एक्लिदै छन् भन्ने हल्ला चल्न सुरु भएको छ । उनीहरु लामो समय देखि प्रेम सम्वन्धमा थिए । अहिले आएर दुरि बढेको छ । दुरि सन्तोषले नभई नम्रताले बढाएको बुझिएको छ । सन्तोषले भने सम्वन्धलाई निरन्तरता दिन खोजेका छन् । 

यो विछोडको हल्ला,मायामा आएको दुरि सवै वास्तविकता नभई भर्खरै रिलिज गरिएको सन्तोष लामाको "सयौ चोटी" गीतको म्युजिक भिडीयो भित्रको कथा हो । आर. बि खड्काको शब्द, अम्बर सुब्बा तुम्वापोको संगितमा सन्तोष लामाको स्वर रहेको उक्त गीतको भिडीयोमा गायक लामा स्वयंम र नायीका नम्रता सापकोटाको अभिनय रहेको छ । अर्जुन अधिकारी निर्देशित उक्त भिडीयोमा छायांकन हरि हुमागाँई र सम्पादन निशान घिमिरेको रहेको छ । नेपाली तारा सिजन-२ को ताज जितेसंगै नेपाली संगीत क्षेत्रमा बलियो उपस्थिती जनाएका उनी वर्तमानमा पाश्र्व गायकहरुको भिडमा अग्र स्थानमा आउछन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |