खजुरगाछी गा.वि.स.काे कार्यालय, झापाबाट जनहितमा जारी गरिएकाे सूचना


निजामती कर्मचारी श्रीमती संघ, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडाैंकाे अायाेजना तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरकाे सह अायाेजनामा यही मिति २०७२ चैत्र ५ र ६ गते गाैरीगञ्ज मा.वि. गाैरीगञ्ज, झापामा "विशेषज्ञ स्तरीय निशुल्क स्वास्थ्य शिविर" सञ्चालन हुने भएकाे हुँदा गम्भीर प्रकृतिका बिरामीहरुले उक्त स्वास्थ्य शिविरमा उपस्थित भई उपचार गराउनुहुन अनुराेध गरिन्छ । उक्त शिविरमा उपचार गर्न जाने बिरामीहरुले अागामी चैत्र ४ गतेभित्र खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा गई नाम दर्ता गराउनु हुन समेत सूचित गरिन्छ । साथै उक्त स्वास्थ्य शिविर वारे अावश्यक प्रचारप्रसार गरी वास्तविक राेगीहरुलाई उपचारमा पठाउन सहयाेग गरिदिनु हुन खजुरगाछी गा.वि.स.का सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, शिक्षक, कर्मचारी, पत्रकार, लक्षित समूह, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत समस्त सचेत नागरिकहरुमा हार्दिक अनुराेध गरिन्छ ।
गा.वि.स. सचिव

खजुरगाछी गा.वि.स.काे कार्यालय, झापा  
सभार : खजुरगाछी गा.वि.स., झापा बाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |