गजल - धैर्यवान हृदय हतियार जिन्दगीको ।

गजल
जन्म मृत्यु शाश्वत सत्य सार जिन्दगीको
मन्च हो दुनिया हामी कलाकार जिन्दगीको ।
कहिले रुने कहिले हास्ने हामी सबैले भोग्नुपर्छ
नियती भलो रहे सदाचार जिन्दगीको ।

मरि लानु के नै छ र किन तेरो मेरो यहाँ
मै लाउ मै खाउ त निराधार जिन्दगीको ।
मिलिजुली सबै सँग आफन्त झै बस्नुपर्छ
मानब जाती एक परिबार जिन्दगीको ।

माया प्रेम बाडिचुडी खुशी हुन सके
सबैको मन भित्र यादगार जिन्दगीको ।
दुखमा आत्तिनु सुखमा मात्तिनु हुदैन भन्छन
धैर्यवान हृदय हतियार जिन्दगीको ।

- दीपा ढकाल रिजाल

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |