Featured,
News
»
फेरी अर्को बिपती- सुन्धारामा अागलागी, समयमै आगलागी नियन्त्रणमा
फेरी अर्को बिपती- सुन्धारामा अागलागी, समयमै आगलागी नियन्त्रणमा
काठमाडौं | सुन्धारास्थित श्री फुल दोहरी साँझ एवं धड्कन डान्स बार रहेको भवनको पाँचाैं तलामा जेनेरेटर पड्केर भएको आगलागी नियन्त्रणमा आएको छ। दमकलसहित घटनास्थलमा पुगेका सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका छन्। मंगलबार साँझ विष्फोट सहित आकासमा एक्कासी धुँवाको मुस्लो देखिँदा सुन्धारा वरपर त्रास छाएको थियो।
आसपासमा घरहरू जोडिएका कारण आगो फैलनसक्ने खतरा भए पनि समयमै आगो नियन्त्रणमा लिएका कारण खतरा टरेको प्रहरीले जनाएको छ।
नागरिकबाट | तस्बिरः प्रबिन कोइराला