ताजा अपडेट : २९ को मृत्यु १५ जनाको सनाखत



३० चैत । मंगलबार विहान खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौं तर्फ हिँडेको यात्रुबाहक वस अर्खौले र हलेसीको सिमा क्षेत्रमा पर्ने काभ्रे बर्खेटारमा दुर्घटना ग्रस्त हुँदा मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृत्यु हुनेमा २४ जनाको घटना स्थलमै मृत्यु भएको हो भने ४ जनाको उपचारकालागि हलेसी उपस्वास्थ्य लाने क्रममा मृत्यु भएको घटना स्थलबाट रामकुमार राईले जानकारी दिएका छन् ।

मृत्यू हुनेमा दिक्तेल नगरपालीका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३ का द्रविन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा –७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का सोम सुन्दास, खोटाङ डिकुवा – ८ का मेजर राईको सनाखत भएको टा«फीक कार्यालयका असाई तेजबहादुर बस्नेतले घटनास्थलबाट बताए । यस्तै, काठमाडौं घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मीत्रकुमार राई, उदयपुर ठानागाँउ –३ का हेम सुनुवार, सोहि ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ नीर्मलीडाँडा –३ की बिमला राई, ताम्लीछा ५ उदयपुर घर भएकी ओमश्री राई, खोटाङ च्यास्मीटार –८ का सुरेन्द्र राई, खोटाङ याम्खा –७ का भैरव राई, सोलुखुम्बु घर भएकी सुस्मा राई, गोबिन्द तिमल्सेना खोटाङ दिप्सुङ रहेको सनाखत भएको बस्नेतले जनाए ।



फोटो साभार : प्रमोद श्रेष्ठ फेसबुक

दिक्तेलबाट १८ जना यात्रु लिएर विहान पाँजबजे छुटेको बसमा ५२ जना भन्दा बढि सवार रहेका थिए । सडक निर्माणको क्रममा रहेकाले कुनामा ढुँगा थुपारिएको र छेउबाट बस छिराउने प्रयास गर्दा बाटो भत्कीएर दुर्घटना भएको खोटाङका ट्राफिक बस्नेतले जानकारी दिए ।

घाइतेहरुको उद्वारका लागि गएको नेपाली सेनाको हेलिकप्टरले भर्खरै २० जनालाई काठमाडौंमा ल्याइ पु¥याएको छ । घाइते मध्ये १५ जनालाई शिक्षण अस्पताल महाराज गंजमा उपचारका लागि पु¥याइएको छ । भने पाँच जनालाई बिएण्डबि अस्पताल ग्वार्कोमा राखिएको छ ।

२०६५ सालमा दुर्घटना स्थल नजिकै वर्खेटारमा दुर्घटना ३ जनाको मृत्यु भएको थियो । सडक विभागले सडक स्तरोन्नतीको लागि काम गरिरहेको स्थानमा सडको भित्तामा ढुँगा थुपारेको कारण छेउबाट गाडी चलाउँदा सडक भत्किएर दुर्घटना भएको हुन सक्ने यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताएका छन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

बृस्तिृत विवरण आउन बाँकी छ ।
साभार: एविसि खबर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |