पूर्वी तराईमा सिरुवा पर्व विशेष
गौरिगन्ज - वैशाख महिनाको सुरुवातसँगै तराईमा सिरुवा पर्व सुरु भएको छ । सिरुवा पावनी (नयाँ बर्ष) पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी, गन्गाई, ताजपुरिया, धिमाल, चौधरी लगायतका जातीले नयाा वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख एक, दुइ र तिन गते सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाइँदैछ । बर्षको पहिलो दिन अर्थात बैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘जल’ सिरुवा मनाउँने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस भन्दै जल सिरुवा खेल्ने चलन छ । त्यस्तै दोस्रो दिन ‘काद’ सिरुवा मनाइन्छ । काद सिरुवामा हिलो छ्यापाछ्याप गर्ने चलन छ ।
सिरुवा पर्वको अवसरमा पूर्वी तराईका झापा मोरङ र सुनसरीमा सार्वजनिक विदा दिइएको छ ।
सिरुवाको अन्तिमे दिन ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफुले इच्छाएका विभिन्न इच्छाहरु पूरा हो भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ ।