बिदेशमा जती परीश्रम गर्दा, नेपालमा के हुदैन र?
गौरीगन्ज | ८ वर्ष बिदेशमा बसेर आउनु भएको झापा, कोरोवारी गा बि स १ निबासी प्रलाद सापकोटाले नेपालमा नै केही गर्छु, भनेर लागी पर्नु भएको छ । उहाँ अहिले आफ्नै घरमा उन्नत जातका बाख्रा, कुखुरा र बोटबिरुवा लगाएर गाउँ नै हराभरा बनाउनु भएको छ । बिदेशमा जति समय दिएर काम गरियो भने नेपालमा परिवारसँगै बसेर पनि त्यती आम्दनी गर्न सकिने भन्नुहुन्छ । नेपालमा हुदा मर्दाको मलामी बाच्दाको जन्ती त जान पाइन्छ अब बिदेश जान्न नेपालमा नै गर्छु भन्नुहुन्छ । मिह्नेत चाहिँ गर्नु पर्छ समय दिनुपर्छ, अबस्य फल राम्रो खान पाइन्छ भनेर बताउनु हुन्छ । उहाँको मिह्नेत र लगानी देखेर कोरोबारी, बैगुन्धुरा र माहाभाराबासीहरु द्ङ छ्न । उहाँले बैगुन्धुराको साना किसानबाट उत्कृष्ट बोका पालेर १५००० पुरस्कार साना किसानका प्रबन्धक सोम प्र अधिकारीबाट प्रोत्साहन स्वरुप प्राप्त गर्नु भएको छ् ।
पैसा कमाउन विदेश जाने र यस्तै कृषि फार्ममा काम गरेर नेपाल फर्किएका युवाहरुको आफ्नै व्यक्तिगत प्रयासले नेपालमा पनि व्यववसायिक कृषि उद्यम विकास हुँदै गएकोमा यी मेहनती मनहरुले एक दिन सरकारलाई व्यावसायिक कृषि विकासको नीतिमा ल्यार्इ पुर्याउँछ भन्नेमा आशावादी छौ । स्रोत: राजु निरौला