Entertainment
»
नम्रता सापकोटाको चलचित्र ‘बिरानो माया’ को ट्रेलर सार्वजनिक
नम्रता सापकोटाको चलचित्र ‘बिरानो माया’ को ट्रेलर सार्वजनिक
गौरिगन्ज - चलचित्र ‘बिरानो माया’को ट्रेलर युटुब मार्फत हाइलाईटस नेपालले सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम कथा उठाईएको छ । श्रीमिडिया सर्च एनड मुभि मेकर प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन लामा र सावित्री अधिकारीको लगानी गरेका छन । यो चलचित्रमा कथा तथा निर्देशन सञ्चारकर्मी तथा कलाकार माधव खरेलको छ ।
चलचित्र ‘बिरानो माया’ मा नायिका नम्रता सापकोटाको मुख्य भूमिका छ भने दिनेश डिसी (निर्देशक), श्रीदेव भट्टराई, रोहित रुम्बा, दिपसा बिसी, बिएस लामिछाने (राजु बजाज), तिलक कट्टेल, सुरवीर पण्डित लगायत कलाकारको पनि अभिनय रहेको छ । फिल्मका क्रिएटिभ–कास्टिङ् डाइरेक्टर शान्ति प्रियले गरेका छन । जनकराज अधिकारीको छायांकन अनी फिल्ममा अनिल विरही र सरोज प्याकुरेलको संगीत, शंकर महर्जनको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य र प्रल्हाद खरेलको मुख्य सहायक निर्देशन गरेका छन । फिल्ममा दीपक लिम्बू, माण्डवी त्रिपाठी, स्व.योगिता मोक्तान र टिना लामाको स्वर दिएका छन । फिल्मको छायांकन काभ्रे, सिन्धुली, इलाम, झापा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिएको छ् ।