लोकप्रिय गीत "गौरादहको बजारमा माया हाम्रो बस्यो"
गौरीगञ्ज | लोक गायक सीताराम ताजपुरिया र सीता आङ्देम्बेको स्वर रहेको अती लोकप्रिय गीत "गौरादहको बजारमा माया हाम्रो बस्यो" बोलको गीतको म्युजिक भिडियो हेरेर एकपल्ट स्मरण गर्ने की ? ती अतितका दिनहरुको ।
यस गीत झापाको गौरादह र गौरीगञ्जका विभिन्न स्थानहरुमा छायङ्कन गरिएको छ । म्युजिक भिडियोमा गायक ताजपुरिया र गायिका लक्ष्मी ताजपुरियाका साथै ज्ञानज्योति माविका ममता कटुवाल, प्रेमा थापा, आकृति रिजाल र अमृता गौतम, जनता उच्च माविका निलम चौधरी, सर्मिला ताजपुरिया, सीता ताजपुरिया र विनिता ताजपुरियाको अभिनय रहेको छ ।
भिडियोमा आर्यन साहको नृत्य र दिपक सुवेदीको निर्देशन रहेको छ । वि.स. २०३९ साल जेष्ठ २५ गते आइतबारका दिन रेडियो नेपालमा रेकड भएको गीतको रचना तथा संकलन भीम विराग अधिकारीको रहेको छ भने सगीत गायक ताजपुरियाकै रहेको छ ।



