यूट्युबबाट भिडियो डाउनलोड गर्न, चाहिदैन अब अरु कुनै एप्लिकेसन टिप्स

कम्प्युटर अथवा ल्यापटपमा यूट्युबको भिडियो सजिलो तरिकाले डाउनलोड गर्न सकिने भएको छ। यसअघि यूट्युबमा भएका भिडियो डाउनलोड गर्न प्रयोगकर्ताले अन्य साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने बाध्यता थियो। अब भने आफूलाई मान पर्ने भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।

डाउनलोड गर्ने तरिका -

यूट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्ने।

यूट्युबको (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउने र इन्टर थिच्ने । त्यसपछि नयाँ पेज खुल्छ । (उदाहरणको लागि) उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ । आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने। यसमा भिडियो क्वालिटीको विकल्प पनि हुन्छ। रेकर्ड विकल्पमा क्लिक गरेर भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |