कटरिना कैफ बोल्ड अभिनय गर्दै (भिडियो)
बलीउड चलचित्रमा चर्चित अभिनेत्री कटरिना कैफ केही बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी छिन् ।
उनले नायक सिद्धार्थ मलहोत्रासँग गरेको अनस्क्रिन रोमान्स सहितको चलचित्र ‘बारबार देखो’ को ट्रेलर रिलिज भएको छ ।
ट्रेलरमा सिद्धार्थ क्याटसँग रोमान्समा फिदा भएका छन् । जुन दृश्य हेर्दा क्याटरिनाले सन्नी लियोनकै हट छवि भन्दा कम स्तरको अभिनय नगरेको आभाष हुन्छ ।
सिद्धार्थ मलहोत्रा ‘जय’ र कटरिना कैफ ‘दिया’ को प्रेम सम्बन्धमा आधारित रहेको चलचित्र सेप्टेम्बर ९ मा रिलिज हुने भारतीय मिडियाले जनाएको छ ।



