गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गर्दै सर्वदलिय संंघर्ष समिति गठन

गौरीगंज | नेपाली कांग्रेसका महासमिति सदस्य घनश्याम रिजालको संयोजकत्वमा गठित सर्वदलिय संंघर्ष समिति गौरीगंजले गौरीगंज, खजुरगाछी, कोरोबारी र महाभारा गाविसलाई मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको छ ।

गौरीगंज बजार ऐतिहासिक ठाउ भएको, झापाकै पुरानो बजार भएको, हुलाकी राजमार्गसंग जोडिएको र चारवटै गाविसको बासिन्दाको लागि पायक पर्ने बजार भएकोले गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरिएको हो । गौरीगंज गाविस हलमा मंगलबार बसेको सर्वदलिय बैठकमा सम्पुर्ण राजनीतिक पार्टी, झापा उद्योग वाणिज्य संघ गौरीगंजका प्रतिनिधिलगायत, यस क्षेत्रका बुद्विजीवि, समाजसेवीको उपस्थिति थियो ।

गौरीगंज, खजुरगाछी गाविसलाई गौरादह नगरपालिकामा समाबेश गरिएको र कोरोबारी गाविसलाई कमल नगरपालिकामा गाभेकोले त्यसको विरोध गर्दै गौरीगंज गाउँपालिका नबनाए कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ साथै समितिले उदयलाल यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समितिसमेत गठन गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |