चलचित्र ‘छक्का पञ्जा’ आजबाट देशैभरी प्रदर्शन
काठमाडौं । हास्य कलाकार दीपाश्री निरौलाको निर्देशन रहेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’, आजबाट प्रदर्शनमा आएको छ । वेरोजगारीको पीडा र वैदेशिक रोजगारीको कथाबस्तुलाई उठाईएको यस चलचित्र देशैभरका करिब ८० हलबाट चलचित्र प्रदर्शन भएको हो ।
यस चलचित्रले पहिलो दिनबाटै राम्रो व्यापार सुरुआत गरेको छ । आक्रमक प्रचारपछि शुक्रबारबाट एकै साथ देशरभर प्रदर्शन भएको ‘छक्का पञ्जा’ अधिकांश हलमा हाउसफुल भएको छ । ‘छक्का पञ्जा’ को युनिटले शुक्रबारका लागि ६० प्रतिशत टिकट बिहीबार नै बुकिङ भएको बताएको थियो ।
चलचित्र ‘छक्का पञ्जा’मा दीपकराज गिरी, प्रिपंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, वर्षा राउत लगायतका कलाकारले अभिनय छ ।
‘छ एकान छ’ र ‘वडा नम्बर ६’ निर्माण गरेको युनिटले नै ‘छक्का पञ्जा’ बनाएको हो । ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ दुबै सफल चलचित्र हुन् ।
दिपकराज गिरी र दिपा श्री निरौला पछिल्लो समय ‘तितो सत्य’ नामक हास्य प्रदान टेलिचलचित्र बन्द गरेर ठूलो पर्दाको निर्माणमा सक्रिय छन् ।



