एक महिनामा एक करोड पल्ट हेरियो यो भिडियो
मुम्बई | सोसियल मिडियामा अहिले साउथको एउटा फिल्मको धेरै बोल्ड गीत भाईरल भै रहेको छ । यस गीतलाई ५ अगस्टमा युटुबमा अपलोड गरिएको ३७ दिन मै १ करोड ६ लाख भन्दा बढीले हेरेका छन् । भाईरल भएको गीत तेलुगु फिल्म 'गुंटुर टाकिज' को हो । यस गीतलाई युटुबमा धेरैलाई राम्रो लाग्यो भने कतिले बोल्ड दृश्यको कारण गाली पनि गरेका छन् र यसलाई पोर्नको संज्ञा दिएका छन् । अहिले सम्म यस गीतमा ३३४ प्रतिक्रिया लेखेका छन् ।



