हुलाकीमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने भारतीय प्रस्ताव

काठमाडौं । भारतले वैदेशिक सहयोगअन्तर्गत नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ ।

काठमाडौं स्थित भारतीय राजदूतावासले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत यस्तो प्रस्ताव गरेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘भारतले करिब १ अर्ब रुपैयषँ लागत अनुमान रहेको फाइबर विछ्याइदिने प्रस्ताव गरेको छ’ उनले भने । तर उक्त रकम अनुदान वा ऋण के हो भन्नेचाहि निर्क्योल भइनसकेको उनले जानकारी दिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |