कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४८ प्रतिशत पास
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सार्वजनिक भएको नतिजामा नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ ।



