पासपोर्ट हराए अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन गर्न नपर्ने

काठमण्डौ | पासपोर्ट हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलोले राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो ।

‘अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिनु पर्नेछ । त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ ।

राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले रिप्लाई गर्नेछ । त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ । इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि यस बारे जानकारी गराउनेछ । यदी हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्नेछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |