अन्जान केटीलाई फेसबुकमा फ्रेन्ड बनाउँदाको परिणाम

नचिनेको मानिसलाई फेसबुकमा फ्रेन्ड बनाउँदा र फेसबुकमा आफ्ना सबै विवरण राख्दा कस्तोसम्मको अवस्था निम्तिन सक्छ भन्ने उदाहरण अस्ट्रेलियामा देखिएको छ। त्यहाँको अदालतले एक नेपाली युवक अन्जन श्रेष्ठलाई फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा जेल सजाय सुनाएको छ। अब उनी ६ वर्ष जेलमा रहने छन् भने त्यसपछि नेपाल डिपोर्ट गरिनेछ।

यसबारे अस्ट्रेलियाको दि हेराल्ड सनले विस्तृत समाचार दिएको छ। भएको यस्तो रहेछ। २९ वर्षका अन्जन श्रेष्ठले फेसबुकमा २०/२५ वर्षकी एक युवतीले पोस्ट गरेको देख्छन्। युवतीले आफूु क्लबमा जाँदैछु भन्दै यस्तो पहिरनको लुगा लगाएर जाने भनेर फोटोसमेत राखेकी हुन्छिन्। ती युवतीलाई कहिले नभेटे पनि फेसबुकमा फ्रेन्ड भने रहेछन् दुवै।

युवतीको फेसबुक पोस्टमा १०० भन्दा बढी लाइक र कमेन्ट थियो। अन्जन कार लिएर बेर्विकको त्यही नाइट क्लबमा पुगेर पर्खेर बसेछन्। बिहानको २ बजे युवती क्लबबाट निस्कन्छन्। साथीहरु सबैले छाडेर गइसकेपछि अन्जनले आक्रमण गर्छन् युवतीलाई। मैले तँलाई फेसबुकमा भेट्टाएको हुँ भन्दै बलात्कार गर्छन्। अन्जनले त्यसपछि फेसबुक प्रोफाइल डिटेल पनि परिवर्तन गर्छन्।

पत्रिकाका अनुसार त्यहाँको अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको छ। कम्तिमा चार वर्ष उनले पेरोल पाउने छैनन्। त्यसो त जजले एक दशकभन्दा बढी कैद सजाय सुनाउन चाहेका रहेछन्। तर यस्तो केसमा यसअघि दिइएका सजायका आधारमा उनले यति सजाय सुनाएका रहेछन्। अन्जन सन् २००६ मा नेपालबाट अस्ट्रेलिया आएका रहेछन्। उनको अस्ट्रेलियामा श्रीमती रहेछ र बच्चा पनि जन्मिन लागेको रहेछ।

उनले प्रहरीलाई आफू गर्लफ्रेन्डले चिटिङ गरेको छ कि छैन हेर्न गएको जिकिर गरेका थिए। उनले सहमतिमै यौन सम्बन्ध गरेको बताए पनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो।

बलात्कारको शिकार हुनेको परिचय खुलाइँदैन। तर युवती पनि नेपाली नै हुनसक्ने अनुमान छ। -मेरो संसार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |