गीतमा होमस्टेको प्रबद्र्धन गर्दै पर्वत चित्रेबासीहरु(भिडियोसहित)
पर्वतको चित्रे गाऊँ होमस्टेका कारणले अझै फस्टाएको छ । यस गाऊँको होमस्टे प्रबद्र्धन गर्ने उद्देश्यले गाउँले मिलेर एउटा ‘प्रमोशनल भिडियो’ निर्माण गरेका छन् ।
‘पर्वतकी छोरी म त चित्रे मेरो गाऊँ’ बोलको गीतमार्फत पर्यटकहरुलाई चित्रे आउन गीतमार्फत आह्वान गरिएको छ । स्थानिय सिद्ध वराह युवा क्लबले निर्माण गरेको यो गीतको म्युजिक भिडियो केहि दिन अगाडि मात्रै सार्वजनिक भएको हो । ‘कोन्मे इन्टरटेनमेन्ट’ले सार्वजनिक गरेको भिडियोमा चित्रे गाऊँको वर्णन गरिएको छ र, आन्तरिक तथा बाह्य पर्यटकलाई चित्रे घुम्न आउन अनुरोध गरिएको छ ।
‘पर्वत चित्रे घुम्न जाऔँ, प्रकृति, सँस्कृतिसँग होमस्टेमा रमाऔँ’ भन्ने प्रचारात्मक नारासहित त्यहाँको युवा क्लबले यो गीतको भिडियो निर्माण गरेको हो । ज्योती गुरुङको स्वर रहेको गीतमा धनबहादुर गुरुङले संगीत भरेका छन् । रोशन गुरुङले गीतको शब्द रचना गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोलाई लब्शन गुरुङले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सन्तोष कोन्मेको छायाँकन तथा सम्पादन रहेको छ ।



