६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा दमकमा प्याली
झापा | आज झापाको दमकमा ६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा प्याली निकालिएको छ ।
एमनेष्टी इन्टरनेशल दमक परिवारको आयोजनामा आखिर दण्डहिनता कहिलेसम्म, ९ सरकारको उपलब्धी शून्य, मानव अधिकार हनन् का घटनाको छानबिन गरीयोस् , दन्द्कालमा कब्जा गरिएको सम्पति फिर्ता गरीयोस, महिला हिंसा अन्त्य गरौ, बालश्रम शोषण अन्त्य गरौ लगायत मानव अधिकारसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्याली निकालिएको हो । प्यालीले नगरको परिक्रमा गरी गणतन्त्र चौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशलका पूर्वकेन्द्रिय सदस्य शेस कुमार निरौला ,दमक युथ नेटवर्कका सचिव सागर पोख्रेरेल , विभिन्न पार्टीका नेता कार्यकर्ता ,समाजसेवी ,शिक्षक ,विद्यार्थी लगायतको उपस्थिति थियो ।
यसैबिच ६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा अधिकारका लागी लेखन अभियान अन्तर्गत हस्ताक्षर सङ्कलन गरिएको छ । उक्त सङ्कलीत हस्ताक्षरलाई केन्द्रिय कार्यलयमा बुझाइने इमोर्टल युथ नेटवर्क दमकका संयोजक धनबहादुर पाण्डेले जानकारी दिनुभयो । रासस



