गायक हेमन्त रानाको "साईली" बोलको म्युजिक भिडियो युटुबमा भाइरल
गौरीगन्ज | गायक हेमन्त रानाको स्वर रहेको "साईली" बोलको म्युजिक भिडियो युटुब च्यानलमा सार्वजनिक भएको दुई हप्ता नपुग्दै पाँच लाख त्यतीस हजारले हेरेका छन । यस गीतामा शब्द हिमाल साउद र काली प्रसाद बास्कोटाको र संगीत काली प्रसाद बास्कोटाको रहेको छ ।
छोटो समयमा नै सबैको मन जित्न सफल यस गीतको भिडियो लाई हेमन्त राणाले निर्देशन गरेका हुन भने यस गीतमा नायक गौरव पहारी र नायीका मेनुका प्रधानले जिवन्त अभिनय प्रस्तुत गरेका छन । यस गीतको भिडियोमा अहिलेको नेपाली समाजको समसामयीक विषय वस्तुको उठान गरीएको छ । रोजगारीको लागी विदेशमा श्रम बेच्न पुगेको श्रीमान अनि उसकी श्रीमतीको बियोगन्त कथा वरिपरी घुमेको छ ।
यस भिडियोलाई उज्ज्वल जोशिले सम्पादन तथा छायांकन गरेका हुन् ।
भिडियो हेर्नुहोस ।



