एलबम निकाल्नु ठुलो कुरो होइन - गायक जोशी
गौरीगन्ज | रिटिङ् रिटिङ् नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो•••••, वारि खोलो पारि खोलो कमिलाको गोलो भनेर ••••, केको माला केको माला सुपाडिको माला •••• जस्ता कुनै जमानाका चर्चित र कालजयि लोकगीतका श्रष्टा एलपी जोशी अर्थात लक्ष्मी प्रसाद जोशी सोमवार दिउसो झापाको गौरिगँजमा जारी सास्कृतिक पर्यटन महोत्सबमा भेटिए । उमेरले ८० कटेपनि अझै फुर्तिला देखिने यि गायकले युवाहरुलाइ चुनौति दिने गरि मञ्च प्रस्तुति पनि दिए । प्रस्तुत छ - यिनै गायक एलपी जोशी सँग सँचारकर्मी मदन राजबँशी मनप्रीतले गरेको छोटो कुराकानी
प्र• महोत्सबमा आएर कस्तो अनुभब गर्नु भयो ?
# रमाइलो भयो । आफ्नो जातजातिको परम्परा जोगाउन र प्रचार गर्न यस्तो कार्यक्रम गरिरहनु पर्छ ।
प्र • एक पटक बिराटनगरको एक कार्यक्रमको भेटघाटमा तपाइले रिटिङ् रिटिङ् नबजाउ बिनायो भन्ने गीत अञ्जु पन्तसँग रेकर्ड गराउने मन छ भन्नु भएको थियो, रेकर्ड गर्नु भयो त ?
# अझै भइसकेको छैन । प्रकृया जारी छ । अञ्जु पन्त पनि सकारात्मक हुनुहुन्छ यो गित रेकडिङ्का लागि ।
प्र • तपाइ राम थापा र कुमार बस्नेत हरुको समकालिन गायक हुनुहुन्छ । उबेला पनि लोक गीतमाअश्लीलता थियो अहिले झन बढेर गएको छ । उबेला र अहिले के फरक पाउनु भएको छ ?
# अश्लीलता थियो र अहिले पनि छ । उबेला शब्दमा सभयता थियो अहिले शब्द नै सस्ता भएका छन् ।
प्र • तपाइका यति राम्रा र लोकप्रीय गीतहरु हुदाहुदै पनि किन कुनै एल्बम निकाल्नु भएन ?
# एल्बम निकाल्नु ठुलो कुरा होइन र एल्बम निकाल्दैमा मात्र गायक हुने होइन । मुख्य कुरो गीतको लोकप्रीयता हो । मेरा गीत रेडियो नेपालमै बजेर हिट भए ।
प्र • पुराना गीतहरु लोप हुने अवस्थाम छन् सँरक्षण गर्न के गर्नु पर्छ ?
# कतिपय गीतहरु रेडियो नेपालको लाइब्रेरीमा अझै सुरक्षित छन् । त्यसलाइ नया प्रबिधीमा ढाल्नु पर्छ ।



