बरिष्ठ पत्रकार मिश्र राजनितीमा आउदै
मदन राजबँशी मनप्रीत | १७ फागुन झापा
बरिष्ठ पत्रकार तथा बिबिसि नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले पुर्णकालिन नेपाली राजनितिमा आउने घोषणा गरेका छन् । उनले भनेका छन् -मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ।
नेपाली राजनितिमा आउने उनले केहि समय अघि बिबिसि नेपाली सेवामा राजिनामा बुझाएका थिए । उनको राजिनामा आजै स्विकृत भएको छ । नया राजनैतिक दल खोल्न उनले युवा नेताहरु गगन थापा रविन्द्र अधिकारी र घनशयाम भुषाल लगायतका हरु सँग लामो समय देखि छलफल गरेपनि यि नेताहरु सहमत नभएपछि यिनि पुर्व माओवादि तथा बरिष्ठ बिश्लेषक मुमाराम खनाल, लेखक तथा अर्थशास्त्री सुर्य आचार्य तथा डा सरोज धिताल लगायतसँग मिलेर नया दल घोषणा गर्ने तयारी गरेका हुन ।
बेलायतको लण्डन युनिभर्सिटी बाट अन्तराष्ट्रिय राजनितीमा स्नातकोत्तर, पाकिस्तानको पञ्जाब युनिभर्सिटीबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तथा नेपालको त्रिभुवन युनिभर्सिटीबाट अँग्रेजीमा स्नातकोत्तर गरेका मिश्र जस्ता सुझबुझ भएका मानिस नेपाली राजनितिमा आउनु सुखद समाचार हो । यिनि सन १९९३ देखि बिबिसि नेपाली सेवामा प्रवेश गरेका थिए । यिनको खान पुगोस दिन पुगोस भन्ने पुस्तक चर्चित छ ।



