गौरीगँज महोत्सबमा सुजुकिको राम्रो कारोबार
मदन राजबँशी मनप्रीत |
१७ फागुन झापा, गौरीगँजमा जारी राजबँशी ताजपुरिया साँस्कृतिक पर्यटन महोत्सबमा आठमौजा ट्रेडर्सले राखेको सुजुकि मोटरसाइकलको स्टलले राम्रो कारोबार गरेको छ ।
आज महोत्सबको दसौ दिन सम्म आइपुग्दा स्टलले चारवटा मोटरसाइकल बिक्रि गरेको छ । "ग्रामिण भेगको सानो महोत्सबमा चारवटा मोटरसाइकलको कारोबार हुनु उत्साह जनक सँकेत हो" - स्टलका सँचालक रुपक श्रेष्ठ भन्छन् । स्टलमा सुजुकि कम्पनीका १२५ सिसिको सिलिङ्ग, ११२ सिसिको हायाते, १२२ सिसिको लेट्स लगायतका मोटरसाइकल र स्कुटिहरु राखिएको छ । महोत्सब अबधि भरि सो स्टलबाट सुजुकि का कुनैपनि मोटरसाइकल वा स्कुटिको खरिद वा बुकिङ्ग गर्दा २३ इन्चको सामसुङ् एलइडि टिभि उपहार दिने समेत अफर राखिएको छ । सो स्टलमा मोटरसाइकल वा स्कुटि खरिद गर्दा आठमौजा सहकारी सँस्थाले ६० प्रतिशत फाइनान्सको सुविधा समेत दिइएको छ ।



