गौरीगन्ज क्याम्पसमा स्वबियु चुनाब हुदै

मदन राजबँशी मनप्रीत | १८ फागुन झापा, अघि बिहाम ८:१५ देखि गौरीगन्ज क्याम्पसमा स्वबियु चुनाब शुरु भएको छ । जम्मा ६ पदक लागि १२ जना उम्मेद्वार विच प्रतिस्पर्धा भइरहेको सो चुनावमा ७५ जना स्नातक तहका बिद्यार्थीहरुले मतदान गर्दैछन् । नेबिसँघ का तर्फबाट देबकुमार ताजपुरियाको एकल प्यानल र अनेरास्वबियु तथा राप्रबिसँघ का तर्फबाट मोहन न्यौपानेको सँयुक्त प्यानल प्रतिस्पर्धामा छन् ।

मध्यान्ह १२ बजे सम्म मतदान समय तोकेको सो चुनाबमा बिहान ९ बजेसम्म ६०% मत खसिसकेको कुरा निर्बाचन अधिकृत भक्त भण्डारीले बताउनु भयो । यसपालि स्वबियु निर्वाचन नियमावलिलाइ मध्यनजर गर्दै प्लस टु का बिद्यार्थीहरुलाइ चुनाबमा सहभागि नगरिएको कुरा अधिकृत भण्डारीले भन्नु भयो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |