गौरीगन्ज क्याम्पसमा नेबिसँघको एतिहासिक जित

मदन राजबँशी मनप्रीत | १८ फागुन झापा, गौरीगन्ज क्याम्पसको स्वबियु निर्वाचनको प्रत्यक्ष तर्फको परिणाम घोषणा भएको छ । यस क्याम्पसमा नेबिसँघको कोषाध्यक्ष बाहेक पुरै प्यानलले एतिहासिक जित हासिल गरेका छन् । सभापतिमा देबकुमार ताजपुरियाले ३९ भोट ल्याएर जित हासिल गरे भने निकटतम प्रतिद्वन्दि मोहन नेउपानेले ३१ मत प्राप्त गरे । त्यसैगरी सचिबमा नेबिसँघका गुञ्जन कोइरालाले ४० मत ल्याएर जिते भने निकटतम ३० मत ल्याएर अखिलका रेजिना डोटेल दोस्रो स्थानमा चित्त बुझाए । कोषाध्यक्ष मा राप्रबिसँका सदानन्द यादबले ४२ मत ल्याइ जिते भने निकटतम् गिता साहले २७ मत ल्याइ पछ्याए । त्यसै गरि सदस्यमा नेबिसँका बसन्ति राजबँशीले ३७ मत र नेबिसँकै भुमिका डोटेलले ४३ मत र अजय साहले ३५ मत ल्याइ जित हासिल गरे भने निकटतम प्रतिद्वन्दि गिता गरतौलाले ३० ,बिपिन धितालले २७ र तुलसी कबिरथले २५ मत ल्याइ पछ्याइ रहे ।

यस अघि गौरिगँज क्याम्पसमा अखिलको बर्चस्व रहदै आएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |