हीरक वर्षमा कबिताको बर्षा

२० फागुन मोरङ् । नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्ष–२०७३ का अवसरमा विराटनगरमा दुईदिने पूर्वाञ्चल वाङ्मय गोष्ठी सम्पन्न भएको छ । पहिलो दिन बिहीबार संस्कृति, उपन्यास, समालोचना, मातृभाषालगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । आज शुक्रबारको कविता महोत्सवमा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, उदयपुर, जनकपुर, बारा, काठमाडौंलगायतका जिल्लाबाट उपस्थित १ सयभन्दा बढी कविहरुले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । सोही अवसरमा कवि हरि कट्टेलको खण्डकाव्य माधवआनी प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे र प्राज्ञ श्रवण मुकारुङले संयुक्त रुपमा विमोचन गर्नुभयो । खण्डकाव्यमाथि डा. भीम खतिवडाले टिप्पणी गर्नुभयो । प्राज्ञ विवश पोखरेलले संयोजन गरेको कार्यक्रममा संजीव धिमाललगायतले गीत प्रस्तुत गरेका थिए भने प्रवीणनारायण चौधरी, सरिता तुलाधर, सत्यनारायण ताम्राकार, सियाराम रौनियार, सन्देश लिम्बूलगायत एक दर्जनभन्दा बढी कविले मातृभाषाका कविता वाचन गरेका थिए । कार्यक्रम ९ घण्टासम्म सञ्चालन भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |