भोजराज अधिकारी, गौरीगँज गाउपालिकाको नया सचिब (प्रोफाइल)
मदन राजबँशी मनप्रीत, गौरीगन्ज |
१ चैत, आइतबार देखि देश भरीका ७ सय ४४ स्थानिय निकाय सँगै गौरीगँज पनि गाउपालिका भएपछि अर्को ब्यवस्था नभएसम्म यहाको निमित्त कार्यकारीका रुपमा भोजराज अधिकारी आउनु भएको छ । २०५३ साल देखि सरकारी सेवामा प्रवेश गर्नु भएको वहा अछामबाट जागिरे जीवनको शुरुवात गर्नु भएको हो ।
साबिकको महाभारा २ मा जन्मेर बैगुन्धुराको अमर माबि बाट एसएलसी उतिर्ण गर्नु भएका अधिकारीले महेन्द्र क्याम्पस धरानबाट आइए सम्मको अध्ययन पुरा गर्नु भएको हो । १ छोरा ३ छोरीका पिता अधिकारी यस अघि साबिकको महाभारा गाबिसमा सचिबका रुपमा कार्यरत हुनुहुन्थ्यो । गौरीगँज गाउपालिकामा निमित्त प्रमुखका रुपमा उहा तानिए पछि गौरिगँज वडा नँ १ (महाभारा) अहिले सचिव बिहिन बनेको छ । त्यसैगरी वडा नँ २ (कोरोबारी) को वडा सचिवका रुपमा दिपेन्द्र ओझा रहनु हुने छ भने गौरीगँज वडा नँ ३ र ४ का लागि बिरेन्द्र खड्का ले कार्यभार सम्हाल्नु हुनेछ । वडा नँ ५ र ६ (खजुरगाछी) का लागि भने पुरानै सचिब नारायण चदरा रहनु हुने छ ।