आँट गरे अपाङ्गताले छेक्दैन ।

पुजन न्यौपाने कुँवर, महाभारा । ३ चैत, साबिक महाभारा ३ कुञ्जिवारीका टिकादत्त कटवाल शारिरिक रुपमा अपाङ्ग छन् । तर उनि अहिले सपाङ्ग झै उद्यमशील बनेका छन् । सपाङ्गहरुले आँट गर्न नसकेको ठाउमा उनले गाउ गाउबाट दुध सँकलन गरि बिक्री बितरण गरेर महाभाराकै पहिलो डेरी सँचालक बनेकाछन् ।
शुरुमा ५ लिटर दुध सँकलन बाट शुरु गरेको उनको डेरीमा अहिले ४० लिटर भन्दा बढी दुध सँकलन र बिक्री हुने गरेको छ । गत फागुन १८ गते ५ लिटर दुधबाट शुरु गरेको डेरीमा अहिले उनले लगानी पनि बढाएर १ लाख पुर्याइ सकेकाछन् । उनि आफ्नो पेसाबाट अहिले सन्तुष्ट छन् । सरकारले आफुहरुलाइ सहयोग नगरेको तथा स्व उद्यम गर्दा कुनै अनुदान र सुबिधा नदिएको समेत उनि गुनासो पोख्छन् । कटुवाल महाभारा अपाङ्ग समितिका अध्यक्ष समेत हुन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |