गौरीगँज गाउपालिका अध्यक्ष : को को छन् आकाँक्षी ?
मदन राजबँशी मनप्रीत, गौरीगन्ज |
स्थानीय चुनावको मिती घोषणा भएसँगै गौरीगँज गाउपालिकामा पनि चुनाबि सरगर्मी बढ्न थालेको छ । अहिले सम्म यहाका कुनै दलले औपचारिक रुपमा उम्मेद्वारको घोषणा नगरेपनि बिभिन्न राजनितिक दल सम्वद्ध चर्चित स्थानीय अनुहारहरुको चर्चा अचेल चियाको चुस्कि सँगै हरेक चिया पसलमा चल्न थालेको छ ।
त्यसो त महाभारा, कोरोबारी र खजुरगाछी गाबिसहरु गौरिगँजमा मिसिएसँगै कुन दलले बाजि मार्ला भन्ने अनुमान गर्न त्यति सजिलो छैन तर यो भेगमा नेपाली काँग्रेस, एमाले माओवादी, राप्रपा र फोरमको चर्को प्रतिस्पर्धा हुने देखिन्छ । गाउपालिका अध्यक्ष का लागि नेपाली काँग्रेसबाट घनश्याम रिजाल, बिजय अग्रवाल, दिपिन्द्र थापा फुलवती राजबँशी र निरज अग्रवालको नाम चर्चामा छन् । रिजाल यो क्षेत्र का काँग्रेसका लोकप्रिय नेता हुन । यिनले गौरीगँजको अधयक्ष पदमा एक कार्यकाल जितिसकेका छन् भने अर्का आकाँक्षी बिजय अग्रवाल महाभारामा एक कार्यकाल जिति सकेका हुन । दिपिन्द्र थापा शैक्षिक पेशामा आवद्ध ब्यक्तित्व हुन भने फुलबति राजबँशी सँविधानसभा चुनावमा सभासदका लागि लडि सकेका अनुहार हुन । त्यसैगरी नया पुस्ता का निरज अग्रवाल युवा सर्कलमा लोकप्रिय ब्यक्तित्व हुन । यि मध्ये उम्मेद्वारी कस्को पोल्टामा पर्छ भन्ने टुङ्गो लाग्न बाकि नै छ ।
एमाले बाट गाउपालिका अध्यक्षा पदका लागि पनि ५ जना ब्यक्तिको नाम निकै चर्चामा छ । हृदय ठाकुर, देबेन्द्र कुँवर, जयनारायण दास, केदार ढुँगेल र लक्ष्मी पाठक एमालेबाट अध्यक्ष का आकाँक्षी हुन । हृदय ठाकुर खजुरगाछीबाट एक कार्यकाल उपाध्यक्ष पदमा जिति सकेका अनुहार हुन भने देवेन्द्र कुँवर महाभारा क्षेत्र का लोकप्रीय ब्यक्तित्व हुन । जयनारायण दास, केदार ढुँगेल र लक्ष्मी पाठक पनि यस भेगमा लोकप्रीय नै मानिन्छन् । यद्यपि एमालेबाट पनि उम्मेद्वारी टुङ्गो लागि सकेको छैन ।
राप्रपाको पकड क्षेत्र खजुरगाछी हो यसपालि राप्रपा बाट अधयक्ष पदको आकाँक्षी खजुरगाछीकै लोकप्रीय अनुहार बाजुराजा श्रेष्ठ देखिन्छन् । यिनि खजुरगाछीका रैथाने भएपनि आफ्नो ब्यावशायिक सफलताका कारण साबिकका चारवटै गाबिसमा निकै लोकप्रीय छन । माओवादीका तर्फबाट अध्यक्ष पदका लागि भने बिद्यानन्द राजबँशीको नाम मात्र चर्चामा सुनिदै आएको छ यद्यपि माओबादी का तर्फबाट आधिकारिक धारणा बाहिर आएको छैन ।
मधेसी मोर्चा चुनाबको बिपक्ष मा रहेको बेला बिजय गछदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकले भने चुनाबमा भाग लिने भएको छ । यो दलका तर्फबाट अध्यक्षका दावेदार श्रवण गिरी हुन । पछिल्लो समयमा बढाएका राजनैतिक र सामाजिक गतिबिधिका कारण यिनिपनि यस क्षेत्र मा लोकप्रीयनै छन् ।