मोडेल लिला लामिछाने दुबईमा ब्यस्त
कुमार राई, गौरीगन्ज |
दुबईमा तीन बर्ष अगाडी रोजगारीको शिलशिलामा आई पुगेकी लिला लामिछानेले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक नभई नै चर्चित नेपाली संगीतकार बसन्त सापकोटाको "मलाई त तिम्रो मायाले" बोलको गीतमा अभिनय गर्ने मौका पाएकी छिन । "कर्मै खोटी" भन्ने गीतबाट मोडलिङ क्षेत्रमा पाइला टेकेकी लामिछानेको लागी आफ्नो मोडलिङ पेशाको लागी यो शुभ सन्केत भएको जिकिर गर्छिन । आफ्नो अभिनय प्रतिको लगन र साथिभाईको हौसलाले एक पछी अर्को म्युजिक भिडियोमा अनुबन्धित भएको सुनाउ छिन । लालगढ, जनकपुर देखी दुबईसम्मको यात्रामा आफुले धेरै उतारचडाब देखेकी मोडेल लामिछानेले सानो देखी मोडेल बन्ने देखेको सपना पुरा भएकोमा खुशी ब्यक्त गर्छिन ।
बिदेशमा जागिर, जिम र मोडलिङ्लाई कसरी एकै चोटी समय दिन हुन्छ भन्ने प्रश्नको उत्तरमा बिहान सर्वप्रथम ब्याम गर्ने अनि त्यस पश्चात काममा जाने र म्युजिक भिडियोको लागी शुक्रवार छुट्टिको दिन समय दिने गरेको सुनाउनु भयो ।
यस गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ भने किरण धमलाले स्वर दिएका छन । गीतको म्युजिक भिडियोमा मोडेल लिला लामिछानेलाई केशब कटवाल र गोपाल बस्नेतले साथ दिएका छन । यस गीतको भिडियोलाई निर्देशक केशब कटवालले निर्देशन गरेका छन् | उक्त म्युजिक भिडियोलाई राम गुरुङ र मार्क सुब्बाले आफ्नो क्यामेरामा कैद गरेका छ भने भिडियोलाई सम्पादन टेकेन्द्र शाहले नेपालमा गर्नेछन | यस गीतलाई दुबईको रमणिय स्थलमा छायन्कन गरीएको छ । अन्तमा जादा जादै आफ्नो म्युजिक भिडियोलाई हेरेर आफ्नो कमिकमजोरीहरु औंलाई दिएर हौसला दिनुहुन अनुरोध गर्नु हुन्छ, समपुर्ण श्रोताहरुलाई | धन्यवाद
भिडियो हेर्नुहोस ।