राप्ती म्युजिक अवार्डको टप फाइबमा गौरिगँजका बलबहादुर

मदन राजबँशी मनप्रीत, १३ चैत झापा । राप्ती समाज काठमाण्डौले बर्षेनी प्रदान गर्दै आएको राप्ती म्युजिक अवार्डको नव गायक सुगम सँगितको नमिनेशनमा गौरिगँजे गायक कलाकार बलबहादुर राजबँशी टप फाइब सेलेक्सन भित्र पर्न सफल भएका छन् । एक महिना अघि युट्युब मार्फत सार्बजनिक भएको उनको पहिलो नेपाली गीत तिम्ले त अन्तै मुटु बोलको गित सर्वोत्कृष्ट टप फाइबमा पर्न सफल भएको हो ।
हिजो काठमाण्डौमा पर्यटन बोर्डको सभाहलमा राप्ती समाज द्वारा आयोजित एक समारोहमा उनलाइ सर्वोत्कृष्ट नब गायक सुगम सँगित को टप फाइबमा पर्न सफल भएकोमा प्रमाण पत्र प्रदान गरिएको छ । गायक बलबहादुर कोच राजबँशी भाषाका चर्चित गायक हुन यिनका राजबँशी भाषाका बेदना भाग १,२ र ३ गरि जम्मा ३ वटा एलबम बजारमा आइसकोको छ भने उनको दोस्रो नेपाली गित तयारीको अवस्थामा छ ।
राप्ती म्युजिक अवार्डको यो पाचौ सँस्करण हो । रयस पटक राप्ती समाजले गीत सँगितका बिभिन्न ३२ वटा विधामा अवार्ड प्रदान गर्ने छ । हिजो ३२ वटै बिधाका टप फाइब हरुको नाम घोषणा गरेको राप्ती समाजले अडियन्सको भोटिङ् र जुडि को मतका आधारमा आउदो चैत २८ गते राष्ट्रिय नाच घर जमलमा भब्य कार्यक्रमको आयोजना गरि बिजेता लाइ अवार्ड प्रदान गर्न छ ।यस अवार्डका लागि बलबहादुर लाइ जिताउन मोबाइलको म्यासेज बक्समा RMA space 106 टाइप गरि ३४२४३ मा पठाउन सकिने छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |