भोट दिएर राप्ती म्युजिक अवार्ड जिताउन, मोडेल सिर्जु अधिकारीको आग्रह

कुमार राई, गौरीगन्ज | राप्ती समाज काठमाण्डौले गर्दै आएको राष्ट्रिय राप्ती म्युजिक अवार्डको सुगम संगितमा महिला मोडेलतर्फ गायिका तथा मोडेल सिर्जु अधिकारीले अभिनय गरेको गीत "ओके ६ त" उत्कृष्ट पाचमा पर्न सफल भएको छ ।

यस पटक राप्ती समाजले गीत सँगितका बिभिन्न ३२ वटा विधामा अवार्ड प्रदान गर्ने छ । राजधानीमा शनिबार राप्ति समाज काठमाडौंले आयोजना गरेको सम्मान कार्यक्रममा गायिका तथा मोडेल सिर्जु अधिकारी उत्कृष्ट पाचमा सम्मानित भएकी छिन् । राप्ती समाजले अडियन्सको भोटिङ् र जुडीको मतका आधारमा आउदो चैत २८ गते राष्ट्रिय नाचघर जमलमा भब्य कार्यक्रमको आयोजना गरी बिजेतालाई अवार्ड प्रदान गर्न छ ।

अब तपाईहरुको एक भोटले सिर्जु अधिकारी नम्बर १ मा पर्न सक्नुहुनेछ । यदि तपाईले गायिका तथा मोडेल अधिकारीलाई जिताउन चाहनुहुन्छ भने, आफ्नो मोवाइलको म्यासेज बक्समा गई RMA space १०६ टाइप गरी ३४२४३ मा पठाउन सक्नु हुने छ साथै गायिका तथा मोडेल अधिकारीले सबैलाई आफ्नो अमुल्य भोट दिएर जिताउन सबैलाई आग्रह गरेकी छिन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |