बिद्युत प्राधिकरण गौरीगँजमा ११ बजे सम्मपनि आइपुग्दैनन् कर्मचारी

मदन राजबँशी मनप्रीत, चैत १४ गौरीगन्ज | बिहान ११ बजि सकेको थियो । काउन्टर बाहिर सयौको सँख्यामा बिल तिर्न आएका सेवाग्राहि लाइन लागेर बसेका थिए । लाइनमा सेवाग्राहि अझ थपिदै जादै थियो । एकै छिनमा लाइन कार्यालयको कम्पाउन्ड गेट बाहिर सम्म पुग्यो । कार्यालय खुल्लै थियो तर कार्यालयमा कुनै कर्मचारी थिएन । समय बिहानको ११ बाट पनि ढल्कि सकेको थोयो तर अझ सम्म कुनै कर्मचारीको अतोपतो थिएन । कार्यालय खुलेको डेढ घण्टा पछि अर्थात ११:३० बजे बल्ल एक जना कर्मचारी देखा परे ।

यो शब्द दष्य हो नेपाल बिद्युत प्राधिकरणको महसुल काउन्टर गौरिगँजको । आज मात्र हैन यो कार्यालयमा कहिल्यै पनि समयमा कर्मचारी आउदैनन् । कर्मचारीका ढिलाइका कारण यहा दैनिक सयौ सेवाग्राहि मार्कामा पर्ने गरेका छन् ।

बिल बुझाउन आएका एक सेवाग्राहि ओमप्रकास पौडेलका अनुसार कर्मचारी समयमा नआइदिनाले कार्यालयमा अनावश्यक भिड हुनुका साथै सेवाग्राहिले घन्टौ सम्म सास्ति खेप्नु पर्छ ।

कार्यालयमा २ जना कर्मचारी खटाइएको छ तर दुबै जना ढिलो गरि कार्यालय आउछन् । यस बिषयमा प्राधिकरणको दमक शाखामा बुझ्दा यसबारे आफुहरु अनभिज्ञ रहेको कुरा दमक शाखा बताउछन् । गौरीगँज काउन्टरका इन्चार्ज राजु गुरुङ् को मोवाइल अफ रहन्छ । उनि यस बारे बोल्न चाहदैनन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |