लीलाले दुबईमा, अर्को प्रेमी रोजे पछी

कुमार राई, गौरीगन्ज | रोजगारीको सिलसिलमा बिदेसिने नेपालीहरुले यूएईको रमणिय स्थलहरुमा म्युजिक भिडियोहरु दिन दिनै छयान्कन गर्ने क्रम बढेको छ । ती अघिकांश म्युजिक भिडियोहरुमा, त्यही कार्यरत युवा युवतीहरु लाभम्बित भएका छन । यसैक्रममा यूएईको नेपाली मोडलिङ क्षेत्रमा नव मोडेल लीला लामिछाने राम्रो सम्भावनाका साथ, यस म्युजिक भिडियोमा देखापरेकी छिन । उक्त म्युजिक भिडियोलाई म्युजिक नेपालले आफ्नो यु टुब च्यानलमा सर्वजनिक गरेको छ ।

गायक सुरेश चन्दको आवाजमा "कर्मै खोटी" बोलको म्युजिक भिडियोमा मोडेल लामिछानेलाई रविन कठायत र गोपाल बस्नेतको अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरुलाई कैद गरिएको छ भने गीतको कथावस्तु त्रीकोणत्मका प्रेमको वरीपरी घुमेको छ ।

उक्त गीतलाई बबी गुरुंगले कोरेका हुन भने, संगीत राज कुमार बगरको रहेको छ । यस म्युजिक भिडियोलाई केशब कटवालले निर्देशन गरेका छन । दिपक बिष्टले सम्पादन गरेका छन भने काम देव राज भण्डारीले छायन्कन गरेका छन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |