ब्युटिसियन तालिम सम्पन्न
मदन राजबँशी मनप्रीत, १८ चैत गौरिगँज ।
युरासिया रेयुकाइको २८ औ शाखाले आयोजना गरेको तिन महिने ब्युटिसियन तालिम सम्पन्न भएको छ। तालिमबाट स्थानीय ४७ जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
तालिममा सहभागि एक प्रशिक्षर्थी अस्मिता न्यौपानेले आफु यस तालिम बाट सिप मात्र हैन सँस्कार समेत सिकेको कुरा बताउछिन् । अर्का प्रशिक्षर्थी बालकुमारी महतले आफुमा यस तालिम बाट स्वाबलम्ब हुने आट पलाएको र अबका दिनमा आफै पार्लर खोल्न सक्षम भएको बताउछिन ।
यस तिन महिने तालिममा थ्रेडिङ, फेसियल, मेकअप, हेयर स्टेट, मसाज लगायर १५ प्रकारका सौन्दर्य सम्वन्धि तालिम प्रदान गरेको कुरा प्रशिक्षक अप्सरा भण्डारीले जानकारि दिइन् । भण्डारी सौन्दर्य ब्युटि पार्लर बिर्तामोड कि सँचालिका हुन ।
ईलाका प्रहरी कार्यालय गौरिगँजका प्रमुख नारायण गौतम र ससस्त्र प्रहरी प्रमुख देब बहादुर कार्कि को बिशिष्ट आतिथ्य रहेको समापन कार्यक्रममा इलाका प्रसासन कार्यालय गौरिगँजका प्रमुख सुरेन्द्र थापाको प्रमुख आतिथ्य रहेको थियो । युराशिया रेयुकाइ का पारसमणि प्रधान, मुक्तिनाथ दाहाल जगन्नाथ आचार्य लगायतले रेयुकाइ शिक्षा र तालिमका बारेमा मन्तब्य राखेका थिए ।
मन्तब्य कै क्रममा इप्रका प्रमुख सुरेन्द्र थापाले ब्युटिसियन तालिमबाट महिला दिदी बहिनीहरु लाभान्वित भएकोमा खुशी ब्यक्त गर्दै आगामी चुनाबमा समेत महिला वर्गको नेतृत्वदायी भुमिका हुनु पर्ने कुरा आौल्याए ।
कार्यक्रममा तालिममा सहभागि ४७ जना प्रशिक्षर्थी महिलाहरुलाइ प्रमाण पत्र बितरण गरिएको थियो ।



