हातिपाइले रोग बिरुद्धको औषधि खुवाइदै

१८ चैत, गौरीगँज । हातिपाइले रोग (फाइलेरिया) बिरुद्ध को राष्ट्रिय अभियान अन्तर्गत गौरिगँजमा पनि यो रोग बिरुद्ध औषधि घर घरै गइ खुवाइदै छ । हिजो आज र भोली गरि तिन दिन सम्म चल्ने यो अभियान अन्तर्गत यस क्षेत्र का स्वास्थ्य स्वयम् सेबिका तथा स्वास्थ्य कर्मीहरु आज घरघरै गइ औषधि खुवाएका छन् ।

गौरिगँज गाउ पालिका अन्तर्गत ३० हजार हातिपाइले बिरुद्धको औषधि आएको मा साबिकको ५ नम्वर वडामा ११ जनालाइ औषधि खुवाउने लक्ष्य रहेको कुरा स्वास्थ्य कर्मी मीनु खड्काले जानकारी दिइन् । २ वर्ष मुनिका बालबालिका, असक्त बिरामी गर्भवति महिला , ७ दिन सम्मको सुत्केरी र छारे रोगका बिरामी बाहेकका सबैले यो औषधि खान सक्ने छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |