फोरम लोकतान्त्रिक द्वारा अग्निपिडित लाइ राहत

मदन राजबँशी मनप्रीत, ३१ चैत झापा । खजुरगाछी कञ्चिरा का अग्निपिडित परिबारलाइ फोरम लोकतान्त्रिक पार्टिले राहत बितरण गरेको छ । आज दिउसो जिल्ला स्तरिय नेता सहित घटना स्थल पुगेको टोलिले सो राहत बितरण गरेको हो । पार्टिका तर्फबाट गौरिगँज गाउपालिकाका लागि प्रत्यासित उम्मेद्वार तथा युवा समाजसेवी श्रवण गिरी ले पिडित प्रति परिवार ५० किलोका दरले चामल लगायतका राहत सामग्री बितरण गरेका हुन ।

गत २८ गते दिउसो ३ बजे आगलागि हुदा त्यहाका सन्तोष सरदार, सिया सरदार, राजेस सरदार, परसदिया सरदार बिन्दु सरदार फरमुद्दिन मिया लगायतका अति बिपन्न परिवारको घर जलेर नष्ट भएको थियो । राहत बितरण कार्यक्रममा पार्टिका तर्फबाट देवी राजबँशी, नौताली राजबँशी आसामुद्दिन मिया लगायतका जिल्ला स्तरिय तथा स्थानिय नेताको उपस्थिती रहेको थियो

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |