‘प्रेमगीत २’को शिर्ष गीत सार्वजनिक

कुमार राई, गौरीगन्ज | चलचित्र ‘प्रमेगीत’को सिक्वेलमा निर्माण भएको, ‘प्रेमगीत २’ चलचित्रको शिर्ष गीत हाइलाईट नेपालले आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ । यस गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीको स्वर दिएका छन भने, कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन ।

यस गीतमा चलचित्रका नायक प्रदिप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीले अभिनय गरेका छन । यस गीतको छायांकन थाइल्याण्डको मनोरम समुन्द्री तटमा खिचिएका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतमा पून रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकीं छिन अनि सन्तोष सेनले निर्माण गरेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |