नयाँ बर्ष - पुष्प अार. जे.
उ गहभरी अाशु बोकेर
थोरै अाश्चर्य पुर्ण भावमा
कामेका हातहरु मा
बिश्वास सगै
गुलाब बोकेर
क्षितिज सगै
पर्खिरह्यो।
पोहोर सालको
हराएको खुशिमा
दुखित मन भित्र
पिंडा मा डुब्दा सबै
उ नि रुदै रुदै गएथ्यो।
पर देखिएका
अाशा का किरणहरु
उ कल्पना गर्दै छ यसपालि
बोकेर अाउने छ खुशीहरू
मुस्कान सजाउन
ताते ताते गर्दै।
थाकेका अनुहारबाट
पीडा का अनुरहारबाट
उदासबाट टाढा
खुशी को किरण सगै
भाईचारा को उदाहरण लिएर
अापसमा खुशी साट्दै।
तब हुने छ एक परिवर्तन
अन्तर मनको
मन्द मुस्कानको
उनको मुहारमा टल्किने छ
सितको एक बुंद
सुर्यको किरण सङ्गै।।
( नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना सहित )



