जब एक झर पानी पर्यो
मदन राजवँशी मनप्रीत, २ बैशाख झापा । दिउसो एक बजे बर्षको पहिलो थोपा झर्यो तत् पश्चात लगभग डेढ घण्टा सिमसिमे पानी परि रह्यो । त्यसो त यो सालको यो पहिलो बर्षातले धुलो मैलो पखालेर लानु पर्ने हो तर यो डेढ घण्टाको सिमसिम पानीले खजुरगाछी मुख्य बजारकै बाटो हिड्नै नमिल्ने गरि हिलाम्मे बनाएर गयो । ।
सशस्त्र प्रहरी अगाडिको चौरस्ता यति हिलाम्मे भयो कि न त त्यहाबाट साइकल हिडाउन सकियो न त बाइक नै पैदल यात्रीहरु समेत जुत्ता चप्पल फुकालेर हातमा बोकि बाटो काटीरहेका देखिन्थे ।
बाटो हिलाम्मे भएपछी आज खजुरगाछीको शनीबारे बजार भर्न आएका हजारौ जनताले सास्ती बेहोर्नु पर्यो । त्यति मात्र हैन हिलाम्मे बाटोकै कारण आज २ गते तेलकानी, दामुना, चिल्हारा र बगाचौधरीको सीरुवा मेला भर्न जाने हजारौले सास्ती पाएका छन् ।
गौरीया पुल निर्माणका क्रममा ठेकेदारले बाटोमा बिछ्याएको माटो रोलरले न थिचेका कारण सडक हिलाम्मे भएको हो । "१ गते सम्म पुल र सडक दुबै कम्प्लीट गर्ने कुरा थियो तर एक झर पानीले सडकको यो हाल भयो" सथानीय नेता हरि बराइलीले भने । स्थानीय बिजेन्द्र मण्डलका अनुसार हिजो देखि पुलमा आवत जावत खुला गरेपनि निर्माणको कार्य एकदमै कमजोर छ । बर्षा याममा पुल वारीपारीको सडक रहन्छ कि भत्किन्छ भन्न सकिदैन ।
अहिले स्थानिय निकायको चुनाबको चटारो परेको बेला कुनै नेताको त यता ध्यान जाओस ।



