काद: सिरुवामा यस्तो देखियो कोच समुदाय (फोटो फिचर)
मदन राजवँशी मनप्रीत, ३ बैशाख झापा । राजवँशी ताजपुरिया गन्गाइ आदि कोच समुदायले नया वर्षमा मनाउने सिरुवा पर्व यसपालि पनि पुर्वि तराइ र काठमाण्डौ उपत्यकामा धुमधामका साथ मनाएका छन् । सिरुवा पर्व दुइ दिन मनाइन्छ । पहिलो दिन एक अर्का लाइ हिलो छ्यापेर शुभ कामना आदानप्रदान गरि काद: सिरुवा मनाइन्छ । त्यहि दिन घाटोसरी पनि पुजिन्छ । दोस्रो दिन एक अर्कालाइ रँग दलेर रङ् सिरुवा मनाइन्छ । यसै पर्वमा यिनीहरुले ग्राम देवता महाराज ठााकुरको पुजा गर्छन । भने तराइका थारु र धिमाल समुदायले समेत सिरुवा पर्व भब्यताका साथ मनाउछन् । हामिले केहि फेसबुकका वालहरु बाट हिजो मनाइएका काद: सिरुवा र घाटोसरी पुजाका केहि तस्विरहरु सँकलन गरेर यहा प्रस्तुत गरेका छौ ।



