मास्केको राजवँशी गीत युट्युबमा
मदन राजवँशी मनप्रीत, ३ बैशाख गौरीगँज । जुरोपानीका गायक रमेश मास्केले कोच राजवँशी भाषाको गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । हिजो नया वर्ष तथा कोच राजवँशीहरुले मनाउने सिरुवा पर्वको उपलक्ष्य मा सार्वजनिक गरिएको "कि कर्नु क्या कर्नु " बोलको गीत मा शब्द बरिष्ठ गीतकार गोपाल राजवँशीको रहेको छ भने सँगीत सँयोजन बलबहादुर राजवँशीको रहेको छ । सुरज श्रेष्ठले एरेञ्ज गरेका छन् । यस अघि झुलु कि म बोलको नेपाली गीत मार्फत श्रोताहरुको मब जीतीसकेका गायक मास्के यो कोच राजवँशी भाषाको गीत लाइ लिएर निकै उत्साहित छन् । गित रिलिज भएको दोश्रो दिन प्राय राजवँशी मातृभाषि श्रोताहरुबाट राम्रै प्रतिकृया आइरहेको छ ।
भिडियो हेर्नुहोस ।



