एकीकृत नमुना मुसहरवस्ती हेर्न आउनेहरुको लर्को
०३ बैशाख २०७४, महोत्तरी | धुर्मुस सुन्तली फाण्डेसनले मात्र ९५ दिनकै अवधिमा निर्माण कार्य सकेर हस्तान्तरण समेत गरि सकेको वर्दिवास १ स्थित एकीकृत नमुना मुसहरवस्ती हेर्न आउनेहरुको अचेल लर्को नै लाग्न थालेको छ।
मात्र ९५ दिनमा विजुलु ,पानि ,ढल पक्की सडक र एकै आकार प्रकारमा वनाइएको घर कस्तो देखिन्छ होला भनेर हेर्न वस्तीमा आउनेहरुको लर्को लाग्न थालेको मुसहर बस्तीका शिवकुमार सदाले बताए।
शुक्रबार हस्तान्तरण भएपछि शनिबारदेखि विधिवतरुपमा मुसहर समुदाय आ–आफना घरमा वास सरेपछि त्यहाँको रौनकता हेर्न टाढा टाढाबाट आउनेहरुको भिड ज्यादै नै बढन थालेको सदाले सुनाए।
बस्ती हेर्न पहिले पनि विभिन्न ठाउँहरुबाट आगन्तुकहरु आउँदे तर वस्ती हामीलाई हस्तान्तरण भए पछि अहिले हेर्न आउनेको संख्या ह्वातै बढेको सदाले बताए।
धुर्मुस सुन्तलीले एकीकृत मुसहर वस्ती निर्माण गरेर हस्तान्तरण गरि सकेको समाचारहरु संचार माध्यमहरु मार्फत थाहा पाएर वस्ती हेर्न वर्दिवास १ स्थित मुसहरवस्ती आई पुगेका हेटौंडा घर भएका दम्पति अजित दवाडी र सुस्मा पराजुलीले बस्ती आफुहरुले सोचेको भन्दा पनि राम्रो बनेको बताए। - साभार : नागरिक न्युज