सेयर कारोबार अब धरान बाटै
३ बैशाख सुनसरी । राजधानी केन्द्रित सेयर कारोबार अब धरान बाटै हुने भएको छ । काठमाण्डौको अनलाइन सेक्युरिटिज ब्रोकर नँवर ४९ ले धरानमा आफ्नो शाखा बिस्तार गरेपछी सेयर कारोबारको सेवा पुर्वि नेपाल सम्म आइपुगेको हो ।
सुनसरी उद्योग वाणिज्य सँघका अध्यक्षा राजेन्द्र साहले आज धरान शाखाको उद्घाटन गरेका हुन । यस शाखाबाट सेयर किनवेच लगायत पुँजी बजारका सबै काम हुने कुरा शाखा कि स्टक ट्रेडर सिर्जना श्रेष्ठले खबर गौरीगँजलाइ बताइन् ।
शाखाका अध्यक्षा दिनेश शर्माले पुर्वि नेपालका लगानी कर्ताहरुलाइ सेयर कारोवारको गुणस्तरिय सेवा दिने कुरा बताएका छन् ।



